नेभिगेशन
अर्थतन्त्र

स्वावलम्बन विकास केन्द्रको ३५औँ वार्षिकोत्सव

काठमाडौं । स्वावलम्बन विकास केन्द्रले पूर्व नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा ३५ औं वार्षिकोत्सव मनाएको छ । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठकाृ अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापा तथा नेपाल माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए । 
कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष श्रेष्ठले संस्थाको ३५ वर्षे यात्रा, अनुभव तथा योगदानबारे जानकारी दिएका थिए । उनले स्वावलम्बन विकास केन्द्रले स्थापनाकालदेखि लघुवित्त तथा समावेशी विकासका क्षेत्रमा गर्दै आएको योगदान र आगामी दिनमा संस्थाले लिनुपर्ने दिशाबारे प्रकाश पारेका थिए ।  
वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा ‘उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारबाट नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था, नवलपरासीकी लीला कुमारी थारू, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाकी शर्मिला थेबे तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था बाँकेकी सुनिता थारू सम्मानित भएको थियो । 
त्यसैगरी, सदस्यहरूमा उद्यमशीलता प्रवद्र्धन तथा विकासमा उल्लेखनीय योगदान पु¥याएकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था मोरङलाई ‘उद्यमशीलता विकास पुरस्कार’ प्रदान गरिएको थियो । व्यक्तिगत तथा संस्थागत योगदानको सम्मानले लघुवित्त सेवामार्फत उद्यमशीलता विकास र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको थियो । 
 
सोही अवसरमा ‘पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाही प्रतिवेदन’ समेत विमोचन गरिएको थियो । प्रतिवेदनमाथि चमेली बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले टिप्पणी गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्