नेभिगेशन
मनोरञ्जन

चर्चामा मुसाफिर क्याफे

राष्ट्रिय स्तरमा ख्याति कमाउनुअघि र ‘बारवीं फेल’मा अभिनयका लागि राष्ट्रिय पुरस्कार प्राप्त गर्नुअघि नै विक्रान्त म्यासेको आफ्नै प्रशंसक समूह थियो। उनले ‘बालिका वधू’मा सहयोगी पति र रोमान्टिक ड्रामा ‘ब्रोकन बट ब्यूटिफुल’मा संवेदनशील वीरका रूपमा उनको भूमिकालाई मन पराएको थियो ।
नेटफ्लिक्सको शृंखला ‘मुसाफिर क्याफे’मार्फत म्यासे फेरि पर्दामा आफूलाई मन पर्ने काम गर्न यही विधामा फर्किएका छन् । “आफ्नो मन खोलेर आफूजस्तो भएर बस्नु मलाई निकै आत्मीय लाग्छ,” उनी भन्छन्, “हामी सबैले एउटा आवरण ओढेका हुन्छौँ । अरूले के भन्लान् भन्ने डरले हाम्रो प्रतिरक्षात्मक संयन्त्र निकै बलियो हुन्छ तर जीवन हामीले सोचेजति जटिल छैन ।”
‘मुसाफिर क्याफे’मा उनले चन्दरको भूमिका निर्वाह गरेका छन् । उनी अमेरिकाबाट फर्किएको, पढन्ते स्वभावको इन्जिनियर हुन्, जो सुधा (वेदिका पिन्टो)सँग गहिरो प्रेममा पर्छन् । सुधाको योजना मुम्बई सर्ने हुन्छ भने चन्दरको सपना पहाडी क्षेत्रमा एउटा क्याफे खोल्ने हुन्छ । प्रेमी–प्रेमिका बिस्तारै अलग हुन्छन् र केही वर्षपछि फेरि भेटिन्छन् । यसपटक चन्दरले मसुरीमा आफ्नी प्रेमिका प्रीति (महिमा मकवाना)सँग मिलेर सञ्चालन गरिरहेको आफ्नै क्याफेमा उनीहरूको भेट हुन्छ । तर चन्दरले आफ्नो पहिलो प्रेमलाई बिर्सिसकेका छन् त ? ‘मुसाफिर क्याफे’ले यही प्रश्न उठाउँछ ।
आफ्नी पत्नी शीतल तलवारसँग मिलेर यो शृंखलाका सहनिर्माता बनेका म्यासेले सिर्जनाकर्ता तथा लेखिका शरण्या राजगोपालको पटकथालाई आफूले पढेका ‘सबैभन्दा परिपक्व’ पटकथामध्ये एक भनेका छन् । “जीवनप्रतिको उनको दृष्टिकोणसँग मैले आफूलाई जोड्न सकेँ । पात्र निर्माण र संसार निर्माणमा गहिराइ थियो । मेरा पात्रहरूमा गरिमा र इमानदारी हुनु मेरो लागि महŒवपूर्ण हुन्छ, विशेषगरी प्रेमकथामा,” उनी भन्छन् । शरण्याका लागि यिनै दृष्टिकोणका कारण म्यासे चन्दरको भूमिकाका लागि सही कलाकार बने । “शृंखलामा एउटा संवाद थियो, जुन अन्तिम रूप दिँदा हटाइयो, ‘ऊ हरियो जंगल हो,’” शरण्या म्यासेबारे भन्छिन् ।
महिमा पनि यसमा सहमत छिन् । “एक अभिनेताका रूपमा उनको इमानदारी नै यसको कारण हो,” उनी भन्छिन्, “पुरुषहरूलाई पनि आफ्नी प्रेमिकाका लागि टुटेका तर सुन्दर र संवेदनशील साथीका रूपमा प्रस्तुत गरिएको देख्नु निकै ताजगीपूर्ण छ । हामी महिलाहरू पनि पर्दामा त्यस्तो देख्न चाहन्छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्