नेभिगेशन
स्वास्थ्य

अपोलो अस्पतालमा प्लास्टिक सर्जरी र एआई–रोबोटिक उपचार सेवा विस्तार

काठमाडौं । अपोलो हस्पिटल्सले प्लास्टिक सर्जरी तथा शल्यक्रियामा रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे जानकारी गराउँदै उपचार सेवा विस्तारबारे चर्चा गरेको छ । दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंह र जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले पत्रकार सम्मेलनमार्फत पछिल्ला प्रविधि र उपचारका सम्भावनाबारे जानकारी दिएका हुन् ।

डा. सिंहका अनुसार पछिल्लो दशकमा प्लास्टिक सर्जरीको दायरा उल्लेख्य रूपमा विस्तार भएको छ । आघात, क्यान्सर शल्यक्रियापछिको पुनर्निर्माण, जन्मजात समस्या तथा जलेका बिरामीको उपचारमा माइक्रोसर्जरी र थ्रीडी सर्जिकल योजनाले उपचारको परिणाम सुधार गरेको उनले बताए ।

विशेषगरी शरीरको ६० देखि ७० प्रतिशतसम्म भाग जलेका बिरामीलाई पनि पहिलो २४–३६ घण्टाभित्र उचित पुनर्जीवन र विशेष उपचार उपलब्ध गराउन सके राम्रोसँग बचाउन सकिने उनले बताए । प्रारम्भिक चरणमै जलेको छाला हटाउने, छाला बैंकको प्रयोग, आधुनिक घाउ व्यवस्थापन तथा पुनर्निर्माण प्रविधिले उपचारको सम्भावना बढाएको उनको भनाइ छ ।

डा. प्रसादले अपोलोका शल्यक्रिया कक्ष तथा रोग निदान प्रक्रियामा रोबोटिक सर्जरी र एआई प्रयोग भइरहेको बताए । उनका अनुसार रोबोटिक प्रणालीले शल्यक्रियामा उच्च सटीकता र नियन्त्रण प्रदान गर्नुका साथै एआईले रोग पहिचानलाई छिटो र प्रभावकारी बनाउन सहयोग गरिरहेको छ । 

सन् १९८३ मा स्थापित अपोलो हस्पिटल्सअन्तर्गत हाल ७६ अस्पताल, १० हजार ४ सयभन्दा बढी शड्ढया, २ हजारभन्दा बढी डाइग्नोस्टिक सेन्टर र ६ हजार ६ सयभन्दा बढी फार्मेसी सञ्चालनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य