नेभिगेशन
अर्थतन्त्र

नयाँ सम्भावनासहित सामसङको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज

काठमाडौं । सामसङ नेपालले नेपालमा नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोनसहित ग्यालेक्सी एआईमा आधारित नयाँ अनुभव सार्वजनिक गरेको छ । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८ तथा ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको हो ।

आठौं पुस्ताको फोल्डेबल प्रविधिमा डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयर सुधारसँगै कृत्रिम बुद्धिमत्तालाई मुख्य विशेषताका रूपमा अघि सारिएको छ । कम्पनीका अनुसार फोल्डेबल फोनका ठूला पर्दाले प्रयोगकर्तालाई एउटै स्थानबाट समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सहज बनाउनेछन् ।
ग्यालेक्सी जेड फ्लिप ८ ले सानो आकारमा छिटो कृत्रिम बुद्धिमत्ता प्रयोग तथा रचनात्मक अभिव्यक्तिको सुविधा दिने कम्पनीको दाबी छ । नयाँ ग्यालेक्सी वाच सिरिजले स्वास्थ्य तथा जीवनशैलीसँग सम्बन्धित जोडिएका सुविधालाई थप विस्तार गर्नेछ ।
सामसङले नयाँ उत्पादन सार्वजनिक गर्दा मूल्य छुटमा मात्र सीमित नभई सहज वित्तीय सुविधा, ट्रेड–इन, कनेक्टिभिटी र अनलाइन तथा भौतिक बिक्री प्रणालीलाई एउटै स्वामित्व प्रणालीमा जोडेको जनाएको छ ।
कम्पनीका अनुसार एचएफएलमार्फत ४० प्रतिशत अग्रिम भुक्तानीमा २४ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध हुनेछ । योग्य ग्राहकका लागि किस्ता अवधि ३६ महिनासम्म विस्तार गर्दै अग्रिम भुक्तानी २० प्रतिशतसम्म घटाउने लक्ष्य पनि राखिएको छ । पुरानो उपकरण साट्दा पाइने अतिरिक्त रकमले नयाँ फोन खरिदको सुरुवाती आर्थिक भार घटाउनेछ ।
सामसङले आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा डिजिटल योग्यता जाँच, सुविधा छनोट, पूर्व–बुकिङ, वितरण तथा ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एकीकृत गर्ने जनाएको छ ।
पुराना उपकरणको पुनःप्रयोग र विद्युतीय फोहोर न्यूनीकरणलाई पनि योजनामा समेटिएको छ । योग्य उपकरणको परीक्षण तथा मूल्याङ्कन गरी पुनःमर्मत र पुनःप्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिजको उद्देश्य उत्पादन बिक्रीमा मात्र सीमित नभई सम्पूर्ण स्वामित्व यात्रालाई सहज बनाउनु रहेको बताए । उनका अनुसार वित्तीय सुविधा, पहुँच र दिगोपनलाई एउटै प्रणालीमा जोडेर नेपाली ग्राहकका लागि थप विकल्प र दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य छ ।
कम्पनीले विशेष र सामान्य गरी दुई प्रकारका पूर्व–बुकिङ प्याकेज ल्याएको छ । विशेष प्याकेजमा ६८ हजार रुपैयाँसम्म तथा सामान्य प्याकेजमा ५८ हजार रुपैयाँसम्मका विभिन्न लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । प्याकेजमा एनसेलको दुई वर्षसम्मको अनलिमिटेड डेटा तथा भ्वाइस सुविधा, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, गुगल एआई प्रोको ६ महिनाको सुविधा र निःशुल्क फोन कभरलगायत समावेश छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्