नेभिगेशन
अर्थतन्त्र

‘सुजुकी पर्वोत्सव’ :  दशैं–तिहार अवसरमा नगद छुट

काठमाडौं । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्प मार्फत सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना घोषणा गरेको छ ।  
दशैं–तिहारको अवसरमा सुजुकी स्वामित्वलाई थप सहज र फाइदाजनक बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ब्रान्डको विश्वास, पारदर्शिता र आफ्टर–सेल्स मूल्यप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुनः पुष्टि गरेको छ ।
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पाट्र्स र एक वर्षको निःशुल्क बीमा पाउने बताइएको छ । अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारा लगायत सुजुकीको सम्पूर्ण दायरालाई योजनामा समेटिने बताइएको छ । चाडपर्वको मौसमलाई लक्षित गर्दै यो योजना कार्तिक अन्तिमसम्म लागू हुने उल्लेख गरिएको छ । 
पहिले नै सञ्चालनमा रहेको ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना छुट्टै अफरका रूपमा यथावत् जारी रहने पनि बताइएको छ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि, मोडेल अनुसारको सुजुकी पर्वोत्सव सुविधा स्वतः ई–भिटारामा पनि लागू हुने सुजुकीले जनाएको छ । विद्युतीय गतिशीलतामा सुजुकीको निरन्तर प्रतिबद्धताको हिस्साका रूपमा, ई–भिटारा ग्राहकहरूले गाडीसँगै आउने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर पनि निःशुल्क पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्