नेभिगेशन
अर्थतन्त्र

नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले  नयाँ नामी भिगो ई २ सार्वजनिक गर्ने भएको छ । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
भिगो ई २ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । हालसम्म देशभर २ हजार भन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा छन् ।
भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको छ । यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन् ।
नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्