नेभिगेशन
उपत्यका

गोदावरीको सनराइज सम्मेलन केन्द्र जेनजी आगजनी पश्चात पूर्णरुपमा ध्वस्त

ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनकारीहरुले गरेको आगजनी पश्चात पूर्णरुपमा ध्वस्त भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उद्घाटन गरेको सो सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सो सम्मेलन केन्द्र ८१ करोड खर्चमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो । निर्माण सम्पन्न भएको लगभग ४ वर्षमै आगजनीका कारण सो सम्मेलन केन्द्र ध्वस्त भएको छ ।

Godawari-sammelan-kendra6-1758106943.jpg

Godawari-sammelan-kendra5-1758106941.jpg

Godawari-sammelan-kendra4-1758106940.jpg

Godawari-sammelan-kendra3-1758106938.jpg

Godawari-sammelan-kendra2'-1758106934.jpg

Godawari-sammelan-kendra-1758106934.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्