नेभिगेशन
अर्थतन्त्र

प्रोटोन इमास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा भर्खरै भिœयाएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इमास ५ का लागि रिडिफाइन योर एभ्रिडे नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ ।
यसले रिडिफाइन योर एभ्रिडेको अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ । 
प्रोटोन इमास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो । प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इमास ५ मा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्