नेभिगेशन
अर्थतन्त्र

नामी भिगो ई२ सार्वजनिक

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने बताइएको छ । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप  ८ लाख रुपैयाँमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्छ । चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै हामीले भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभी अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पु¥याएका छौँ।’
सर्वाधिक स्पेस अन्तर्गत भिगो ई२ मा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन छ, जसले पर्याप्त हेडरुम, सोल्डर रुम र लेगरुम प्रदान गर्छ ।  यसको २ हजार ७१५ एमएम ह्विलबेसले यात्रुलाई थप आराम प्रदान गर्छ भने ५७२ लिटरको विशाल बुट स्पेसले पारिवारिक सामान तथा दैनिक आवश्यकताका सामग्री राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ ।
सर्वाधिक फिचर्स अन्तर्गत भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, नवीन ‘हेभन एन्ड अर्थ टेलगेट’ र डीजेआई–सञ्चालित एडीएएस उपलब्ध छन्। 
उत्कृष्ट पर्फर्मेन्स अन्तर्गत भिगो ई२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। साथै, यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र यसले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यी विशेषताले भिगो ई२ लाई नेपालका विविध सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्