नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्याकिङ प्रणाली सुरु

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।
नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा म्भखष्अभ बाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’ मा ट्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकले जनाएको छ । 
नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्