नेभिगेशन
अर्थतन्त्र

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान

काठमाडौं । नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वको अवसर लक्षित गरी ‘रंग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकहरूले यामाहा रेजेडआर हाइब्रिड स्कुटरसहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । 
‘बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा यामाहा रेजेडआर’ भन्ने नाराका साथ ल्याइएको ग्राहक योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकहरूले आफ्ना घरलाई नयाँ, आकर्षक र जीवन्त रङले सजाउँदै विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । 
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम  १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ, जसमा निम्नउल्लेखित प्रिमियम उत्पादनहरूबाट न्यूनतम १२० लिटरको खरिद अनिवार्य हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्