नेभिगेशन
अर्थतन्त्र

डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  गभर्नर डा विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । उनले पदबहाली समेत गरेका छन् । 
नेपाल सरकार, मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएको हो । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।
डेपुटी गभर्नर रावलले २०६२ माघ २ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप–निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ मा कार्यकारी निर्देशकमा पदोन्नति भएको थियो । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्