नेभिगेशन
मनोरञ्जन

‘सुन्दर बंगलादेश’ फोटो प्रदर्शनी

एक सय ८७औं विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बिपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश’ फोटो प्रदर्शनी भएको छ ।
    काठमाडौं दरबार क्षेत्रको वसन्तपुरमा आयोजित प्रदर्शनीमा बंगलादेशका फोटो पत्रकारहरूले क्यामेरामा कैद गरेका प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, कला, जनजीवन तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न तस्बिर प्रदर्शन गरिएको थियो ।
    कार्यक्रमका नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र बङ्लादेशका फोटो पत्रकारबीचको भाइचारा तथा सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध र मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताए ।
    राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको २१ वर्ष लामो मित्रता र सम्बन्धलाई फोटोग्राफीमार्फत थप सुदृढ बनाउने उद्देश्यले गरिएको प्रदर्शनीले दुई देशबीचको पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने बताए ।
    बंगलादेशबाट बिपीजेएका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा १२ फोटो पत्रकार नेपाल आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्