नेभिगेशन
अर्थतन्त्र

कमर्शियल वाशिङ मेसिन सेमिनार सम्पन्न

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सिजी इलेक्ट्रोनिक्सले कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना गरेको छ । उक्त सेमिनारमा नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरूको खोजी गर्न आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।
व्यावसायिक लन्ड्रीका समाधान बारे जानकारी प्रदान गर्ने उद्देश्यका साथ सम्पन्न सेमिनारमा उन्नत लन्ड्री प्रविधिले व्यवसायहरूको सञ्चालन दक्षता अभिवृद्धि गर्दै दिगो तथा लाभदायक व्यवसायिक वृद्धिका अवसरहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा जानकारी गराएको थियो । 
सहभागीहरूलाई एलजी जायन्ट, एलजी टिटान कमर्शियल वाशिङ मेसिन समाधानहरूबारे जानकारी प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्