नेभिगेशन
मनोरञ्जन

तिसा बनिन् मिस नेवाः

नेपाल संवत ११४६ को मिस नेवा तिसा शाक्य बनेकी छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस नेवा प्रतियोगिताको १९ औं संस्करणमा उनी उकृष्ट प्रतियोगीका रुपमा छनोट भएकी हुन् । 
त्यसैगरी प्रतियोगितामा फस्ट रनर अपमा सारिका मर्हजन र सेकेन्ड रनर अपमा जेसिका श्रेष्ठ विजयी भए । 
हेमा मानन्धर नेपलिज फेसन हाउस एनएफएच इभेन्ट्सको आयोजनामा भएको यस प्रतियोगितामा १७ जना सहभागी रहेका थिए । आयोजकले प्रतियोगीहरुलाई दुई महिना लामो विभिन्न तालिम दिइएको थियो ।
नेपाल भाषा तथा संस्कृति प्रर्वद्धन र उत्थान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक हेमा मानन्धरले बताइन् । 
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नयाँ पुस्तालाई सांस्कृतिक महŒव, मौलिकता र स्थानीय कला संस्कृतिको लागि नेवाः मिस नेपाल प्रतियोगिता सहयोगी माध्यम हुने सो अवसरमा बताइन् । 
पूर्व मिस नेवाः समेत रहेकी कार्यवाहक मेयर डंगोलले नेपाल भाषाको महŒव, मौलिकता र उत्थानको लागि नयाँ पुस्ताको भूमिकालाई यस्ता प्रतियोगिताहरुले सहयोग गर्ने विश्वास गरिन् । त्यसैगरी कार्यक्रममा नमूना कलेज तथा फेसन डिनाइनर टेक्लोलोजीका प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले प्रतियोगिातको महŒवलाई दर्शाउँदै युवा पुस्तामा आफ्नै मौलिकताको सरंक्षण गर्ने प्रतियोगिताको उद्देश्य रहेको बताइन् । तुलाधर प्रतियोगिताको निर्णायक मण्डलकी संयोजकसमेत थिइन् ।
यस्तै प्रतियोगिताका अन्य निर्णायकहरुमा नमूना कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठ, अधिवक्ता लक्ष्मण श्रेष्ठ, डा. शिक्षिता श्रेष्ठ, न्यूज२४ टेलिभिजनका प्रस्तोता रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित र समाजसेवी दिव्यलक्ष्मी बज्राचार्य रहेका थिए । 
कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, काठमार्डाै महानगरपालिकाका विभिन्न जनप्रतिनिधिहरु लगायतका नेवाः सस्कृतिका विज्ञहरुको सहभागिता रहेको थियो । १९ औं मिस नेवाः प्रतियोगिताको मिडिया पार्टनर न्यूज२४ टेलिभिजन रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्