नेभिगेशन
अर्थतन्त्र

सामसङ नेपालको मनसुन अफर

काठमाडौं । सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ । प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पु¥याउने उद्देश्यले ल्याइएको अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ । अफरअन्तर्गत चुनित होम अप्लायन्सेसहरूमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुने बताइएको छ । यसका साथै, चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको निःशुल्क नेट टीभी सब्स्क्रिप्सन र निःशुल्क साउन्डबारलगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआइ इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल तथा एसएटीएल वाशिंग मेशिनमा २३ प्रतिशतसम्मको इन्स्टायन्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्