नेभिगेशन
अर्थतन्त्र

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग

काठमाडौं । नेपालीहरूको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्टस, मनकामना ग्रुप अफ कम्पनीजले विशेष उपभोक्ता प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लन्डन टुर जित्ने अवसर प्राप्त गर्नेछन् ।
यो योजना भदौ १ देखि कात्तिक ३० सम्म लागू हुनेछ । योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम ७५ हजार बराबरका कम्पनीका उत्पादनहरू खरिद गर्नुपर्नेछ । प्रत्येक ७५ हजारको खरिदमा उपभोक्तालाई लक्की ड्र कुपन प्रदान गरिनेछ ।
लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेताले ४ रात÷५ दिनको लन्डन टुर, ५ जनाले ८ केजीको फ्रन्ट लोडिङ्ग अटोमेटिक वासिङ्ग मेसिन, ३५ जनाले ३ लिटर इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले जार मिक्सर ग्रिन्डर, १७५ जनाले हट वाटर केटल तथा ७५० जनाले भित्ते घडी जित्ने अवसर पाउनेछन् ।
जस्मिन पेन्ट्सले यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखेको जनाएको छ । घरलाई नयाँ रङले सजाउने उपभोक्ताले आफ्नो खरिदसँगै आकर्षक उपहार जित्ने अवसरसमेत प्राप्त गर्ने भएकाले यो योजना चाडपर्वको तयारीलाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
योजनामा सहभागी उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी कुपनमा रहेको क्यूआर कोड  स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्र सहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ । विजेताले विजेता घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिने कम्पनीले जनाएको छ । योजनासम्बन्धी कुनै विवाद वा द्विविधा उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित रहने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्