नेभिगेशन
अर्थतन्त्र

मञ्जुश्री फाइनान्स र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच सम्झौता

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
फाइनान्सका ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरूलाई थप सेवा सुविधा प्रदान गर्न यो सहकार्य गरिएको हो । ग्राहकले बिल भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्