नेभिगेशन
अर्थतन्त्र

कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं । एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
क्यू ०५ को म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा प्रस्तुत गरिएको छ । यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन् । अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको क्यू ०५ ले कम्प्याक्ट बाहिरी आकारभित्र फराकिलो र व्यवहारिक क्याबिन प्रदान गर्छ । यसको आफ्नो वर्गमै अग्रणी २ हजार ७३५ मिमि लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ । पछाडिको सिटमा तीन जना वयस्कले सहज रूपमा यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ ।
पछाडिको सिटलाई २८ र ३३ डिग्री गरी दुई कोणमा रिक्लाइन गर्न सकिन्छ । सिटमा आरामदायी र प्रभावकारी सपोर्ट प्रदान गर्न नौ तहको एर्गोनोमिक संरचना प्रयोग गरिएको छ । क्यू ०५ मा ९० लिटरको लुकेको स्टोरेजसहित ५४० लिटर क्षमताको डुअल–लेभल बुट पनि उपलब्ध छ ।
क्याबिनभर २९ वटासम्म व्यवहारिक स्टोरेज स्पेस राखिएका छन् । साथै, ६७ भन्दा बढी ध्वनि इन्सुलेसन तथा आवाज न्यूनीकरण बिन्दुले क्याबिनलाई शान्त बनाउन सहयोग गर्छन् । छनोट गरिएको भेरियन्टमा पावर सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफसमेत उपलब्ध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्