नेभिगेशन
अर्थतन्त्र

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’

काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो ।
न्यू ब्रेजालाई एक वाक्यमा भन्नुपर्दा  त्यही भरपर्दो एसयूभी, तर अब धेरै कुरा थपिएर नयाँ लुक , बलियो इन्जिन र सुरक्षाका नयाँ फिचरहरूले यसलाई सहरको भिडभाडमा  सहज र खुला राजमार्गमा उत्तिकै भरपर्दो बनाएका छन् ।
न्यू ब्रेजा मंगलवारदेखि आइतवारसम्म चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियनमा प्रदर्शनमा रहनेछ । दर्शकहरूले त्यहाँ न्यू ब्रेजा प्रत्यक्ष हेर्न, टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका सबै मोडेलका फिचर तथा सुविधाबारे सुजुकी टिमबाट जानकारी लिन सक्नेछन् ।
न्यू ब्रेजा टर्बो बुस्टरजेट प्रत्येक यात्रालाई अझ जोसिलो बनाउने गरी तयार पारिएको हो । ५ हजार ५०० आरपिएममा अधिकतम ८१ किलोवाट शक्ति र २ हजारदेखि ३ हजार ५सय आरपिएममा १७० न्यूटन–मिटर टर्क दिने यो इन्जिनले सहरका साँघुरा सडकदेखि खुला राजमार्गसम्म भरपर्दो प्रदर्शन दिने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्