नेभिगेशन
अर्थतन्त्र

डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौ संस्करणको कार्यक्रम बिहिबार ललितपुर स्थित द प्लाजामा आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ ।
डिजिटल नेपालको लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिस्टम बिकासको मुख्य एजेन्डामा बिगत ५ वर्षदेखि आयोजना हुदै आएको कन्क्लेभ, प्रविधि क्षेत्रको बृहत सम्मेलन हो । सरकारले सन् २०१९ मा सार्बजनिक गरेको डिजिटल नेपाल फ्रेमवक्रको आधारमा नीतिगत बहस र  डिजिटल रुपान्तरणको एजेन्डामा सन् २०२० देखि नै डिजिटल संवाद र कन्क्लेभहरु सुरु भएको थियो । 
सन् २०२६ को संस्करणको कन्क्लेभ’मा पछिल्लो समय नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता र त्यसको लागि डेटामा आधारित गभर्नेन्स र इकोनोमीलाई बृहतरुपमा छलफलको बिषय बनाएको छ ।  
यस वर्षको कन्क्लेभमा ३ वढी कि–नोट प्रस्तुति, ५ वटा बिषयगत प्यानल संवाद र एउटा पावर संवाद सेसन सञ्चालन हुनेछ । केहि बिषयगत बिज्ञको प्रस्तुतिसँगै १० बढी डिजिटल नेपालको लागि काम भइरहेका इन्नोभेसनको प्रस्तुति (डिजिटल स्पार्क) पनि रहेको छ । केहि अन्तरास्ट्रिय बिज्ञहरुको समेत सहभागिता रहने यस सम्मेलनमा नेपाल सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधि, प्रतिनिधि सभा सदस्य तथा मन्त्रीहरुको सहभागिता रहनेछ । कार्यक्रममा ५ सय बढीको प्रत्यक्ष सहभागिता रहने बताईएको छ । 
डिजिटल नेपाल बनाउने सरकारको महत्वाकांक्षी योजनामा निजि क्षेत्र, सरकार र अन्तर्रास्ट्रिय निकायलाइ सहभागी गराएर सँगै छलफलको बातावरण बनाउदै नीतिगत सुधार र कार्यन्वयनमा जोड दिनु कार्यक्रमको मुख्य उदेश्य रहेको फाउन्डेसनको अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल इकोसिस्टमको लागि सरकारी र निजि क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि तथा इन्नोभेसनलाइ पनि प्राथमिकताको साथ यो अभियानमा जोड्ने पहल रहेको लम्सालले बताए ।  
नेपालमै नेपालीले बिकास गरेका प्रविधिहरु ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआइ’ले यस वर्षको कन्क्लेभमा बिशेष सहकार्य गरेका छन् । यी प्रविधिहरु सँगै अन्य २० बढी नेपाली प्रविधिहरु समेत कार्यक्रममा प्रदर्शनीको रुपमा रहनेछन् । कार्यक्रममा एआइ प्रविधिहरुको प्रत्यक्ष अनुभव गर्नेगरि टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टको प्रदर्शनी हुनेछ ।
यसैगरि कार्यक्रममा अनलाइन ट्राभल टिकेट प्लाटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनि ‘फोन पे’ यस कार्यक्रमको पावर्डवाईको रुपमा रहेका छन् । कार्यक्रममा न्यास आइटी, क्यान महासंघ, एनसेल विजनेस, स्काई आइटी, कता हो, एती क्लाउड, डिस होम, नासा एक्स, रि–सेकुरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम, ग्लोवल स्पार्क लगायतको सहकार्य र सहयोग रहेको छ ।     
यस वर्षको कन्क्लेभका छलफल मुख्यतः तीन रणनीतिक बिषयमा केन्द्रित हुनेछ । पहिलो सेसनमा  गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरअन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी,  नीतिगत नवप्रवर्तन र डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ।
दोस्रो  सेसनमा डेटा, एआई एन्ड साइबरसिक्युरिटीअन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबीच डेटा इन्टरअपरेबिलिटीका विषय उठाइनेछन् ।
तेस्रो सेसनमा डिजिटल इकोनोमी एन्ड इनोभेसनअन्तर्गत डिजिटल रुपान्तरण र यसको लागि लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे बहस हुनेछ। यसैगरी अन्तिम सेसन डिजिटल नेतृत्व र रुपान्तरणको लागि राजनीतिक प्रतिबदता बिषयमा केन्द्रित रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्