नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको दुई दिने सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ ।  
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २ सय ५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।  कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उदघाटन गरेका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको अनुपम इतिहास निर्माण गरेको बताए ।  उनले कम्पनीले आर्थिक वर्ष २०८२÷८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क  संकलन गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको उल्लेख गरे । 
उनले उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यही उत्साह, समर्पण र प्रतिबद्धताका साथ कार्य गर्न आग्रह गरे ।  
सम्मेलनलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादनका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३÷८४ को व्यावसायिक लक्ष्य हासिल गर्न सुरुदेखि नै थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ कार्य गर्न आह्वान गरे ।  उनले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ का लागि सेल्स तथा रणनीतिक योजनाहरूका सम्बन्धमा सम्मेलनमा जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्