नेभिगेशन
अर्थतन्त्र

नाडा अटो शोमा सुजुकी पर्वोत्सव, नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन

काठमाडौं ।  सुजुकी पर्वोत्सवको घोषणाका साथ नयाँ ब्रेजा नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक भएको छ ।  सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयूभी प्रदर्शनीको पूरै छ दिन फ्लोरमा प्रदर्शनीमा रहने बताइएको छ ।  आगन्तुकहरूले गाडीलाई नजिकैबाट अवलोकन गर्न, भित्र बसेर अनुभव गर्न र बुकिङ गर्नुअघि यसको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा अपग्रेडका बारेमा सुजुकीका प्रडक्ट विशेषज्ञहरूसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।  
नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप सुजुकी प्याभिलियनमा अवलोकन गर्न सकिनेछ । प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सव अन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष ‘स्क्र्याच एन्ड विन’ अफर पनि उपलब्ध हुनेछ । 
‘सम्भावित ग्राहकहरूलाई हामी आफ्नो नजिकैको आधिकारिक सुजुकी डिलरसिपमा र विशेषगरी अगस्ट २५ देखि ३० सम्म चल्ने नाडा अटो शोमा आउन आग्रह गर्दछौं, जहाँ मोडेलअनुसारका सुविधाबारे विस्तृत जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन सकिनेछ,’ , सिजी मोटोकर्पका महाप्रवन्धक सिरज पन्तले भने । 

सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना सुजुकी पर्वोत्सव  केही दिन अगाडि नै सुरु भइसकेको छ ।  चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ । 
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार सेवा) पाट्र्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन् ।  सुविधाहरू मोडेलअनुसार फरक हुनेछन् र देशभरका सबै सुजुकी शोरुममा उपलब्ध हुनेछन् । 
यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्