नेभिगेशन
अर्थतन्त्र

यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ ।  नेपालमा यामाहाको बढ्दो रेन्जमा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस, फेसिनो एस र डिस्क तथा आर १५ एसका नयाँ भेरियन्टहरू सार्वजनिक गरिनेछन् । 
यामाहा एरोक्स १५५ एस विशेष गरी पर्फर्मेन्स र डायनामिक राइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको हो ।  यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिन र कि–लेस फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ ।  कि–लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ ।  पर्फर्मेन्स र स्पोर्टी राइडको मज्जा लिँदै व्यावहारिक स्कुटर खोज्नेहरूका लागि यो उत्कृष्ट छ रोजाइ बन्नेछ । 
स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ ।  आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँछन् । 
आर १५ एस र आर १५ एम भेरियन्टहरूले यामाहाको लोकप्रिय ’आर सिरिज’ लाई अझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन् ।  ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकलप्रेमीहरूले विशेष अपेक्षा राखेका छन् ।  आर १५ सिरिज पहिलेदेखि नै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन–अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । 
यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो ।  यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ ।  हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङप्रेमीहरूमाझ ठूलो उत्साह जगाउनेछन् । ’
त्यस्तै, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ ।  नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन् र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं ।  यी नयाँ भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्