नेभिगेशन
अर्थतन्त्र

ईभी दिपल एस०५ म्याक्स साढे ६१ लाखदेखि उपलब्ध

काठमाडौं । नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ ।  नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी अब ६१ लाख ४९ हजार रुपैयाँदेखि उपलब्ध हुनेछ ।  
नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा बलियो उपस्थिति स्थापित गरेको छ ।  यसको विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवले आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकहरूमाझ यसलाई रोजाइको मोडल बनाएको छ । 
दिपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन रहेको बताइएको छ ।  यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोकाहरू समावेश छन् ।  त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ ।  रिमोट स्मार्ट इन्ट¥याक्सन अर्बिट (आरएसआईओ), एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन् ।  यी विशेषताहरूको संयोजनले एस०५ म्याक्सलाई प्रिमियम आराम, आकर्षक व्यक्तित्व र प्रविधिमैत्री चरित्र भएको विशिष्ट इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ । 
नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दिपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ ।  लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्