नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंक नाडा अटो शोमा पनि

काठमाडौं । नाडा  नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ  ।  

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्ने बताइएको छ  ।  हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको सो बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्नेछ  ।  यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ  ।  भाद« महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन्  ।  

महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले सम्पर्क गर्न सक्नेछन्  ।  बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्नेछ  ।  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ  ।   

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्