नेभिगेशन
अर्थतन्त्र

सर्लाही सिँचाइका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । स्टिङ अपरेसनमा साढे ७ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका सिँचाइका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौं तहका तुलाकान्त चौधरीविरुद्ध बुधबार आरोपत्र दायर गरेको हो । 
मिलेमतोमा बोरिङ र मोटर जडानकार्य सम्पन्न भएपछि घुस लिएको आयोगको टोलीले गत साउन ९ मा दुवैलाई अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगले मुद्दामा बिगो सात लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्