नेभिगेशन
अर्थतन्त्र

महिलालाई आर्थिक शसक्तिकरणमा जोड

काठमाडौँ । महिलाको आर्थिक शसक्तीकरणबाट मात्र समाज सवल हुन सक्ने हुदाँ राज्यले महिलालाई उद्यमशीलता र रोजगारीमा जोड्न सक्नु पर्ने घारणा महिला उद्यमी तथा निति निर्माताहरुले व्यक्त गरेका छन् । 
मंगलबार ललितपुरमा दक्षिण एशियाली विकास मंचको सहयोगमा मानुषी संस्थाद्धारा आयोजित महिला उद्यमीहरुको समस्या र अवस्था विषयक एक कार्यक्रममा बिज्ञ तथा उद्यमीहरुले सो धारणा व्यक्त गरेका हुन् । ग्रामिण महिलाहरुको आर्थिक पक्ष कमजोर रहेको भएको हुँदा महिलाहरुले आर्थिक स्रोत साधनको अभावमा उद्यमशीलताको विकास गर्न नसकेको  महिला उद्यमीहरुले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय उपनेता गणेश पराजुलीले आर्थिक विकासको लागि महिलाको आर्थिक सवलीकरण आवश्यक रहेको बताउँदै उद्यमी व्यवसायीको समस्यालाई सरकारले गम्भीरताका साथ उठाउनु पर्ने बताए । ग्रामिण तथा शहरी क्षेत्रमा उद्यम गर्न चाहने महिलालाई बैकको कर्जा र काम गर्न आवश्यक  पर्ने लगानीको वातावरण निर्माण गर्न सरकारले  उद्यम विकास मैत्री नीति र योजना आवश्यक भएको बताउदै नेपाल स्वच्छ व्यवसाय समूहका अध्यक्ष डा.सुनिल चित्रकारले सरकारले घरेलु् तथा साना ,मझौला व्यवसाय प्रर्वद्धन गर्ने खालको वातावरण निर्माण गर्न जोड दिए । 
दक्षिण एशियाली महिला विकास मंचकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाहरुलाई आर्थिक स्रोत साधनमा पहुँच र अवसर सिर्जना गर्ने खालको राज्यको नीति र योजना आवश्यक भएको हुदाँ सरकारले महिला उद्यमी मैत्री नीति र वातावरण निर्माण गर्न आग्रह गरिन् । 
कार्यक्रममा महिला उद्यमी तथा सहभागीहरुले महिला उद्यमशीलताका लासि  सरकारले नारा भन्दा पनि व्यवहारिक ज्ञान र सिप सिकासउनृ खालको नीति आवश्यक भएको बताएका छन् । बाममति प्रदेशका पूर्व मन्त्री तथा काठमार्डौ महानगपालिकका पूर्व उपमेयर हरिप्रभा खड्गीले स्थानीय तह तथा प्रदेश तहमा महिलाको उद्यमशीलताको विकासको लागि काम गर्न सकिने अवस्था रहेको बताइन् ।  ।   
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समितिका सभापति सुनिता न्हेमफुकीले महिलालाई आर्थिक रुपमा सवल बनाउन उनीहरुलाई समूह माथि उठेर निजी लगानी र नाफा आर्जन गर्न सक्ने वातावरण निर्माण गर्न राज्यले त्यस तर्फ पहल गर्न आवश्यक भएको बताए । टिइपिसीका डेपुटी निर्देशक राजेन्द्र सिंहले नेपाली उत्पादनको निकासी प्रर्वद्धन गर्न उद्यमीहरुलाई प्रोत्साहन गरेको चर्चा गदै उद्यमशीलताको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । महिला उद्यमीहरुको अवस्थाको बिषयमा मानुषी संस्थाको परियोजना संयोजक विद्या बज्राचार्यले महिला उद्यमीहरुको अवस्था र उनीहरुको अवसर र संभावनाको विषयमा अध्ययन प्रतिवेदन तयार गदै महिला उद्यमीको अवस्थालाई सुधार गर्न सरकारको महत्वपूर्ण भूमिका रहेको बताइन । सो अध्यउन प्रतिवेदन ब्रजाचार्य र राहुल शाक्यले तयार गरेका थिए । कार्यक्रममा क्वालिटी च्याम्पीयननका टीना साउथ, इनुषा खड्काले महिला उद्यमीको अवस्था र चुनौतीको बारेमा चर्चा गरेको थिए । 
मानुषी संस्थाले बागमति प्रदेशको सांखु, मेलम्ची र मकवानपुरका महिला उद्यमीहरुको अवस्थाको स्थलगत अवस्था र समस्याको बारेमा अनुसन्धान प्रतिवेदन तयार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्