नेभिगेशन
अर्थतन्त्र

नामी भिगोको विशेष अफर समाप्त

काठमाडौं । गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ । 
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेकोमा ग्राहकप्रति आभार व्यक्त गरेको छ । यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भएको छ । 
सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखिएको बताइएको छ । 
छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै २ लाख रुपैयाँको विशेष अफर समाप्त भएको र अब गाडीको मूल्य ३७ लाख ९९ हजार कायम भएको छ ।
नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताबाट प्राप्त भएको प्रतिक्रिया हाम्रो अपेक्षाभन्दा निकै उत्साहजनक रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्