नेभिगेशन
अर्थतन्त्र

दैवी प्रकोप उद्धार कोषमा कालिकाको एक करोड एक लाख सहयोग

काठमाडौं । मुलुककै प्रतिष्ठित निर्माण कम्पनी कालिका कन्स्ट्रक्शन प्रा.लि.ले बाढी पहिरो पीडितहरूको सहयोगार्थ एक करोड एक लाख सहयोग उपलब्ध गराएको छ । 
कालिका कन्स्ट्रक्शन प्रा.लिका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार एक करोड एक लाख सहयोग उपलब्ध गराएका हुन् । पूर्व मन्त्री एवं वरिष्ठ समाजसेवी पाण्डेले गत बुधबार बिहान चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लाहरूमा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मुलुकको इतिहासकै यो त्रासदीपूर्ण घटनामा परी निधन भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते अवस्थामा भेटिएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु गरेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्