नेभिगेशन
अर्थतन्त्र

विपद्को कठिन घडीमा शिवशक्ति ग्रुपको मानवीय सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवार गहिरो दुःख व्यक्त गरेको छ । 
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपको तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एकाउन्न लाख रुपैयाँ सहयोग गरिएको छ ।
उक्त सहयोग रकम माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरिएको छ । यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट समेत अक्षरेपी दस लाख रुपैयाँ सहयोग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्