नेभिगेशन
अर्थतन्त्र

एनटीसीको डाटा र एसएमएस निःशुल्क

काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भीषण बाढी आए पश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ । 
नेपाल टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । 
कम्पनीले भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायत नदी आसपासका क्षेत्रहरुमा बसोबास गर्ने सबै नागरिकहरुलाई उच्च सतर्कता अपनाउन र तुरुन्त सुरक्षित स्थानमा जान अनुरोध गर्नुका साथै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्