नेभिगेशन
अर्थतन्त्र

नेपाल–भारत वाणिज्य तथा उद्योग संघ र बागमती विश्वविद्यालयबीच समझदारी

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की) र बागमती विश्वविद्यालयले  दुई संस्थाबीच संस्थागत सहकार्य प्रवद्र्धन तथा शैक्षिक क्षेत्र र उद्योगबीचको सम्बन्ध प्रगाढ गर्ने उद्देश्य सहित एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअन्तर्गत इन्टर्नसिप, रोजगारीका लागि सहजीकरण, संयुक्त अनुसन्धान पहल, शैक्षिक–औद्योगिक संस्थाबीच ज्ञान र सीपको आदान–प्रदान तथा क्षमता विकास कार्यक्रमहरू, साथै तालिम, कार्यशाला, सभा र सेमिनारहरूको संयुक्त आयोजना गरिने रहेको छ ।

यस समझदारीले शैक्षिक ज्ञान र उद्योगको व्यावहारिक अभ्यासबीच गतिशील सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । संयुक्त प्रयास मार्फत विद्यार्थीहरूलाई व्यावहारिक सीप प्रदान गर्नुका साथै नवप्रवर्तन र उद्यमशीलतालाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनील केसी र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्