नेभिगेशन
अर्थतन्त्र

८७ वर्षीया राणाद्वारा एक करोड ९ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका थिए । 
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्