नेभिगेशन
अर्थतन्त्र

२७ संस्थाद्वारा सहयोग

काठमाडौं । रसुवा बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख, एग्रो थाईफुड्स प्राइभेट लिमिटेडले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक करोड रुपैयाँ जम्मा गरेका छन् । 
यस्तै, डब्लूडब्लूएफ नेपालले एक करोड, मोरङ अटो वक्र्सले एक करोड ११ लाख र जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, , अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषका लागि अर्थमन्त्रीमार्फत हस्तान्तरण गरिएको छ । 
नेपाल सिमेन्ट उत्पादक संघ ५१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।  सीएएस ट्रेडिङ हाउसले एक लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिका अधिकारीले एक लाख ११ हजार रुपैयाँ कोषका लागि योगदान गरेका छन् । 
यसैंगरी एबाकस इन्साइट्स प्रालिले १५ लाख र अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ कोषमा योगदान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्