नेभिगेशन
अर्थतन्त्र

पद्म ज्योति ग्रुपद्वारा १ करोड सहयोग

काठमाडौं । बाढी प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनस्र्थापनार्थ सहयोग पु¥याउने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत  १ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरूको तत्कालीन राहत, आवश्यक सहयोग तथा  दीर्घकालीन पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा  प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । 
विपत्तिपछि राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरूले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनस्र्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्