नेभिगेशन
अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौंं । भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनिय र अत्याधिक मात्रामा जनधन गुमाएकाहरूको सहयोगार्थ मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । 
बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहेका देशविदेशका नागरिकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले समग्र बैंक परिवार मर्माहत भएको जनाएको छ । 
प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्