नेभिगेशन
अर्थतन्त्र

कांग्रेसले एक करोड दिने, अरु दलको कति ?

काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सघाउन कांग्रेसले प्रधानमन्त्री दैवीप्रकोप  राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । यसका लागि पार्टीका तहगत कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा पार्टी सदस्यलाई विपद् कोषमा सहयोग रकम जम्मा गर्न पार्टीको आइतबारको केन्द्रीय समिति बैठकले आग्रह गरेको छ । यसरी संकलित रकमसहित कांग्रेसका तर्फबाट एकमुष्ट रकम सरकारी कोषमा जम्मा गरिने जनाएको छ । त्यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले  ५० लाख, नेपाली कम्युनिष्ट पार्टीले २५ लाख, एमालेले २० लाख र श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्