नेभिगेशन
अर्थतन्त्र

हिमालयन लाइफका कर्मचारीको मानवीय पहल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । 
विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।
कर्मचारीहरूबाट संकलित राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश गरिएको छ । नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइने भएकाले वास्तविक रूपमा प्रभावित परिवारसम्म सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्