नेभिगेशन
अर्थतन्त्र

कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी स्थगित

काठमाडौं । मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्को संयुक्त आयोजनामा भृकुटीमण्डपमा आयोजना हुने तय भएको ’नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ स्थगित गरिएको छ ।  
प्राकृतिक विपत्तिले पु¥याएको ठूलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु उचित नभएपछि स्थगित गरिएको हो । 
अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्