नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफद्वारा २ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्