नेभिगेशन
अर्थतन्त्र

बाढी पीडितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख योगदान

काठमाडौं । एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एघार लाख रुपैयाँ योगदान गरेको छ । यसमार्फत देश पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा एमएडब्लु ग्रुपले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ ।
बाढी प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पु¥याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत एमएडब्लुको योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने विश्वास लिइएको छ।
एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ।’ उनले भने, ‘मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन। तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने आशा छ।’
नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्लु ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्