नेभिगेशन
अर्थतन्त्र

आरएसडिसी लघुवित्तद्वारा सहयोग

काठमाडौं । आरएसडिसी लघुवित्तले भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 
विनासकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवालगायत आसपासका जिल्लाहरुमा आईपरेको विषम् पस्थितिका कारण ज्यान गुमाउनेप्रति पनि श्रद्धाञ्जली प्रकट गरेको छ । 
प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति आरएसडिसी लघुवित्तले गहिरो सहानुभूति प्रकट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्