नेभिगेशन
अर्थतन्त्र

इन्जिनियर घूस लिँदालिँदै पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घूस लिएको रकमसहित पक्राउ परेकी छन् ।
नगरपालिकामा सातौं तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो । इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालिसिस’ काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटकपटक दुःख दिएको भन्दै सेवाग्राहीले  आयोगमा उजुरी गरेका थिए ।
उक्त उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घूसवापत लिएको नगद ६४ हजार रुपैयाँसहित नगरपालिकाको कार्यालय थलीबाट नियन्त्रणमा लिएको हो । उनीहरू दुवैविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा कार्बही अघि बढाउन आयोगले विशेष अदालतबाट अनुसन्धान म्याद लिइएको  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्