नेभिगेशन
अर्थतन्त्र

वैदेशिक रोजगार व्यवसायी संघद्वारा डेढ करोड सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
संकलन गरिएको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले संघको पहलमा यो रकम जम्मा गरिएको हो। 
संघले विपद्को यस दुःखद घडीमा मानवीय सेवाभावका साथ सहयोगमा हातेमालो गर्ने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्