नेभिगेशन
अर्थतन्त्र

नेपाललाई चीनको विशेष सहयोग

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले तत्काल राहत, उद्धार र पुनस्र्थापनाको चुनौती सामना गरिरहेका बेला उत्तरी छिमेकी चीनबाट सहयोग आउने क्रम जारी छ । यो सहयोग केवल सरकार–सरकारबीच सीमित छैन । सरकारी तथा गैर सरकारी, निजी र पार्टीगत तहबाट समेत सहयोग र समन्वय देखिएको छ ।
यसपटक भोटेकोशी विपद्पछि चीनले परम्परागत मान्यता भत्काउँदै सहयोगको दायरा फराकिलो बनाएको छ । विपद् व्यवस्थापन, राहत तथा मानवीय सहायता, विकास निर्माण, क्षमता अभिवृद्धिलगायत विभिन्न क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्दै आएको हो । भोटेकोशी बाढीपछि चीनले नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्दै आपत्कालीन राहत तथा उद्धारमा सहयोग अघि बढाएको छ । चीनबाट ५० टन राहत सामग्री, २० लाख अमेरिकी डलर नगद सहयोग, उद्धार तथा प्राविधिक टोली परिचालनलगायतका सहयोग प्राप्त भएका छन् । विशेषगरी बाढी तथा पहिरोबाट सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुगेका बेला चिनियाँ पक्षबाट प्राविधिक सहयोग, उद्धारसम्बन्धी समन्वय तथा आवश्यक सूचना आदानप्रदानलाई पनि महŒव दिइएको छ ।
बाढीको जोखिम मूल्यांकन तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित हाइड्रोलोजिकल तथा स्याटेलाइट डेटा आदानप्रदान पनि यस्तो सहयोगको महŒवपूर्ण पक्ष हो । यसले चीनको नेपालप्रतिको सहयोग केवल तत्काल राहत वितरणमा मात्र सीमित नभई विपद् व्यवस्थापन, पूर्वतयारी र पुनर्निर्माणसम्म विस्तार भइरहेको संकेत गर्छ । चीनको सहयोगको अर्को आयाम गैरसरकारी संस्थाबीचको सहकार्य हो । चिनियाँ रेडक्रसलगायतका संस्थाहरूले नेपाली समकक्षी संस्थामार्फत राहत तथा मानवीय सहयोग अघि बढाएका छन् । भोटेकोसी बाढीपछि चिनियाँ रेडक्रसबाट करिब २ लाख अमेरिकी डलर बराबरको सहयोग नेपाल रेडक्रसको माध्यमबाट प्रभावित क्षेत्रमा पु¥याउने पहल भएको छ । सरकारको औपचारिक संयन्त्रबाहिर रहेका यस्ता संस्थागत सम्बन्धले विपद्का बेला राहतलाई स्थानीय तहसम्म छिटो पु¥याउन सहयोग गर्ने चीनको विश्वास छ । यसले चीन–नेपाल सम्बन्धलाई सरकारी तहबाट मात्र नभई जनस्तर र नागरिक संस्थाबीचको सम्बन्धका रूपमा पनि विस्तार गर्ने ठानिएको छ । चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई पनि महत्त्वपूर्ण राहत सामग्री पठाएको छ । नेपाल रेडक्रसले ती सामग्री बाढीपीडितको उद्दार, राहत र व्यवस्थापनमा प्रयोग हुने जनाएको छ । 
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका विभिन्न राजनीतिक दलसँग नियमित रूपमा सम्पर्क, संवाद, भ्रमण, प्रशिक्षण तथा अनुभव आदानप्रदान गर्दै आएको छ । चीनले पार्टी–पार्टी सम्बन्धलाई जनता जनता तथा कुटनीतिको एउटा महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएको देखिन्छ । नेपालजस्तो बहुदलीय लोकतान्त्रिक मुलुकमा चीनले विभिन्न राजनीतिक शक्तिसँग सम्पर्क विस्तार गर्नु उसको नेपाल नीतिको महŒवपूर्ण विशेषता मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्