नेभिगेशन
अर्थतन्त्र

नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं

ललितपुर । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै नास आईटीले सीमित रूपमा साधारणसभा सम्पन्न गरेको हो ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्रै अघि बढाएको थियो । 
चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन् ।
सन् २०२६–२०२९ का लागि नवनिर्वाचित बोर्डमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं अध्यक्ष बनेका छन् । त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन् । बिष्टयोङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष  हुन् ।  महासचिव श्रेष्ठ अलाया नेपालकी जेनेरल मेनेजर हुन् । यसैंगरी कोषाध्यक्ष केसी भने जेस्पर आईटीका सीईओ हुन् । 
सदस्यहरुमा एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली,     बीआईसी टेक्नोलोजीकी सह–संस्थापक प्रार्थना साखः र रिप्पलबाइट्स सोलुसन्सका सह–संस्थापक सुब्रत ज्ञवाली छन् । 
नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।
यस्तै नयाँ कार्यसमितिले नास आईटीका आफ्ना सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ । 
नास आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो । संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्