नेभिगेशन
अर्थतन्त्र

सुनचाँदी व्यवसायी महासंघद्वारा १ करोड रुपैयाँ सहयोग

काठमाडौं । रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धार र त्यस क्षेत्रको पुननिर्माणमा सहयोग पु¥याउनका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा बिहिबार गएको महासंघको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम महासंघ, महासंघको कार्य समिति, प्रदेश समिति तथा महासंघमा आवद्ध जिल्ला, नगर, वस्तुगत र एसोसियट सदस्यहरूबाट संकलन गरिएको महासंघले जनाएको छ ।
यस सहयोगमार्फत बाढी प्रभावित समुदायलाई राहत पुगोस भन्ने उद्देश्य राखिएको महासंघका कार्यबाहक अध्यक्ष बज्रचार्यले बताए । 
महासंघले विगतमा पनि यस किसिमका प्राकृतिक विपत्तिको सहयमा आफ्नो तर्फवाट सहयोग गर्दै आएको छ । 
सहयोग हस्तान्तरणका क्रममा महासंघका तर्फवाट कार्यवाहक अध्यक्ष बज्राचार्य, विशिष्ट सदस्य मोहन सुनार, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम, महानिर्देशक शिव दुवाडी उपस्थित थिए । त्यसक्रममा महासंघको काठमाडौं जिल्ला संघका अध्यक्ष रोहिना शाक्य, ललितपुर संघका अध्यक्ष सुविन बज्राचार्य तथा वुढानिलकण्ठ संघका अध्यक्ष भिष्म गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्