नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकद्वारा ५१ लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । 
उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधनको क्षति पुगेको छ । यस विषम परिस्थितीलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो । 
महालक्ष्मी विकास बैंकले विपतको यस कठिन घडिमा प्रभावित परिवार तथा समुदाय प्रति ऐक्यबद्धता ब्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थपनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुबाट भइरहेको प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्