नेभिगेशन
स्वास्थ्य

५५ जनाको डिएनए संकलन

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका ५५ जनाको डीएनए संकलन गरिएको छ । नागरिकको अवस्था पहिचान गर्न डीएनए नमूना संकलन गरिएको र सो नमूना भोली नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए । 

‘हामीले अझै पनि सम्पर्क नआउनु भएकालाई सम्पर्क गर्न खोजिरहेका छौं,’ उनले भने । जिल्लाको बारबर्दिया नगरपालिका, बासगढी, नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिकालगायत विभिन्न स्थानबाट डीएनए नमूना उपलब्ध भएको प्रहरीले जनाएको छ ।  बर्दियामा ७४ जना सम्पर्कविहीन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरेको थियो । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ । अन्य तीन जना पीडितका आफन्तले चितवन, काठमाण्डौं र बाँकेमा डिएनए नमूना परीक्षण गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्